३३ किलो सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय

NAWALPUR TIMES

३३ किलो सुनकाण्डमा गोरेलाई जन्मकैदको सजाय
gore2021 10 05 08 52 59

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् ।

फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।

जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो।

यस्तै,  राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।  सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ। अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology