बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

NAWALPUR TIMES

बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय
फांसी fasi fansi

धनगढी । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृ’त्युदण्डको सजाय सुनाएको हो ।

चार वर्षीया सौतेनी बहिनीलाई ब’लात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँ’सीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology