काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस
											
											प्रकाशित :  २०७८ भदौ  ३० गते ९:५२
										
										
										
	
										
										  
							 
						
Facebook Comment