कावासोती खानेपानीको पाईप बाढीले बगायो, खानेपानी वितरणमा समस्या हुने

NAWALPUR TIMES

कावासोती खानेपानीको पाईप बाढीले बगायो, खानेपानी वितरणमा समस्या हुने
1630040350FB IMG 1630040177291

कावासोती : अविरल बर्षा संगै आएको बाढीले कावासोती खानेपानीको पाईप अधिकांश स्थानमा बगाउको छ । पाईप बगाउँदा खानेपानी वितरणमा समस्या देखिएको छ ।

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष भिम कण्डेलले सामाजकि संजाल मार्फत् बाढीले खानेपानी सस्थालाइ ठुलो क्षती पुर्याएको उल्लेख गरेका छन् । उनले खानेपानीको पाईप बगाउँदा कावासोती वडा नम्बर ५ र ६ मा पुर्णरुपमा र वडा नम्बर २ , ३ ८ र ९ मा आंशिक रुपमा खानेपानी वितरणमा असर पर्ने बताए ।

यस अघि असार २२ गते पनि बाढीले खानेपानीको पाईप बगाएको थियो । त्यसलाइ मर्मत गरि अस्थायी रुपमा खानेपानी वितरण संचालन गरेपनि आज फेरी पाईप बगाईदिएको हो ।

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology