नयाँ पार्टी दर्ता गरे पनि एकताको ढोका सधैँ खुला रहन्छ : माधव नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १ गते १८:१४
नयाँ पार्टी दर्ता गरे पनि एकताको ढोका सधैँ खुला रहन्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अर्को पार्टी दर्ता गरेर जानुपर्ने बाध्यता आउन सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा उनले नयाँ पार्टी दर्ता गरिए पनि एकताको ढोका सधैँ खुला रहने बताए ।

उनले पार्टी विभाजनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने तर्क गरे । आफूहरु तत्काल मिल्ने अवस्थामा नभएको उनको भनाइ छ ।

“केपी विसर्जनवादी बाटोमा गए पनि त्यो आन्दोलनको रक्षा गर्ने जिम्मा हाम्रो हो,” उनले भने ।

आउँदा चुनावहरूमा वाम गठबन्धन हुने पनि उनले बताए ।

प्रकाशित : २०७८ भदौ १ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI