२४ घण्टामा ४९०४ व्यक्तिलाई कोरोना संक्रमण, २१ देखि ४० वर्ष उमेर समुहका बढी संक्रमित

NAWALPUR TIMES

२४ घण्टामा ४९०४ व्यक्तिलाई कोरोना संक्रमण, २१ देखि ४० वर्ष उमेर समुहका बढी संक्रमित
234811301 3209716199263202 7343773925129644920 n1628595752

काठमाडौं-  आज देशभर कोरोना ४ हजार ९०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५१० जना संक्रमित व्यक्ति २१ देखि ४० वर्ष उमेर समुहका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सबै उमेर समुहका व्यक्तिमा संक्रमण पुष्टि हुने क्रम बढेको छ। तथ्यांक अनुसार २१ देखि २० वर्ष उमेर समुहका ७८२ जना र ३१ देखि ४० वर्ष उमेर समुहका ७२८ जना व्यक्ति संक्रमित भएका छन्।

त्यसैगरी, १० वर्षमुनिका १०३ जना, ११ देखि २० वर्षसम्मका २४१, ४१ देखि ५० वर्षसम्मका ५१७, ५१देखि ६० वर्ष उमेरका ४१०, ६१ देखि ७० वर्षसम्मका २२८, ७० देखि ८० वर्षसम्मका ५० र उमेर नखुलेका २० जना व्यक्तिहरु संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology