काठमाडौं । सर्वोच्च अदालतले भूमि आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन आदेश जारी गरेको छ ।
अधिवक्ता प्रवेश केसी र आयोगका अध्यक्ष देवी ज्ञवालीले दिएका रिटमा न्यायाधीश ईश्वर खतिवडाको इजलासले यस्तो आदेश जारी गरेको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगका कामकारबाही सम्बन्धी अभिलेख भौतिक स्रोत साधनलगायतका व्यवस्थापन सम्बन्धी कुराहरु अन्यथा परिवर्तन वा रुपान्तरण नगरी यथास्थितिमा कायम राख्नुभनी अल्पकालीन आदेश जारी गरिएको छ ।
											
											प्रकाशित :  २०७८ साउन  २५ गते १४:५९
										
										
										
	
										
										  
							 
						
Facebook Comment