कांग्रेसबाट बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका छन् । पूर्वरक्षामन्त्री खाण र पूर्वअर्थमन्त्री कार्की दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् ।
खाणले गृह मन्त्रालय र कार्कीले कानुन मन्त्रालय सम्हाल्ने कांग्रेसका एक नेताले बताए ।
स्वास्थ्यमन्त्रीमा गगन थापालाई नियुक्त गर्न कांग्रेसभित्रैबाट दबाब बढेको छ ।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् । शर्माले अर्थ र भुसालले ऊर्जा मन्त्रालय सम्हाल्ने बताइएको छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै शपथ लिँदै छन् । प्रधानमन्त्रीको शपथपछि मन्त्रीहरूको शपथ हुनेछ ।
प्रकाशित : २०७८ असार २९ गते १८:२७
Facebook Comment