स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

NAWALPUR TIMES

स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि
New Corona virus

काठमाडौं- स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो।

यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ।

कालिगण्डकी गाउँपालिका स्याङजाका १४ र ६० वर्षका पुरुष र बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिलामा डेल्टा भेरियन्ट देखिएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology