नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा

NAWALPUR TIMES

नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा
211887859 1439477283098619 6792341589504590353 n

चितवन-नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ । सेतीदोभानमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रुपमा संचालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको थियो । बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको पनि लगातार पहिरो खसेपछि दुईतर्फी संचालनमा समस्या भएको थियो । पहिरो र ढुङ्गा खस्ने क्रम रोकिएको र पहिरो पन्छाएका कारण बेलुका सात बजेपछि दुईतर्फी सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरोको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पछिल्लो पटक सोमबार रातिदेखि अवरुद्ध हुँदै आएकोमा पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन । पहिरोले सयौँ सवारी साधन रोकिएका थिए

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology