तीन दिन नारायणीलगायत नदीहरुमा पानीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

NAWALPUR TIMES

तीन दिन नारायणीलगायत नदीहरुमा पानीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह
IMG 20210615 180302

नवलपुर । असार २३ गते अपरान्हदेखि २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोरलगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ ।

यस्तै, तिनाउ, कन्काई, कमला, बागमती र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology