मनसुन सुरू भए यता प्राकृतिक विपतबाट ३९ को मृत्यु, ३१ जना बेपत्ता

NAWALPUR TIMES

मनसुन सुरू भए यता प्राकृतिक विपतबाट ३९ को मृत्यु, ३१ जना बेपत्ता
bahari barsaa

सरकारले यसवर्ष मनसुन सुरू भए यता प्राकृतिक बिपतबाट ३९ जनाको मृत्यु भएको जनाएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै गृहमन्त्री बिष्णु पौडेलले देशका विभिन्न जिल्लाहरूमा मनसुनजन्य विपद्का २२६ घटना भएको र बिभिन्न २२ जिल्लामा ३९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

त्यस्तै ३१ जना बेपत्ता र ४६ जना घाइते भएको उनले बताए । मनसुनजन्य विपद्‍बाट घरबारविहीन भएकाहरूको निजी आवासको पुनर्निर्माणका लागि घर पुनर्निर्माण गर्न अनुदान उपलब्ध गराउने उनले बताए ।

मन्त्री पौडेलले मनसुनजन्य विपद्‍बाट विभिन्न जिल्लामा आंशिक तथा पूर्ण क्षति भएका ५७२ घरपरिवारलाई तत्काल अस्थायी बसोबासको व्यवस्थाका लागि प्रति परिवार रु. ५० हजारको दरले रू. २ करोड ८६ लाख जिल्ला प्रशासन कार्यालयहरूबाट प्रभावित परिवारहरूलाई उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले राहत र पुनस्र्थानामा तथा मानविय प्रश्नमा सरकारले राजनीति नगरेको जिकिर गरे । राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको उनको भनाइ छ । उनले राहत वितरणलाइ एकद्धार नीति बनाइने पनि बताए । उनले सरकार प्रो एक्टिभ भएर परिचालित भएको धारणा राखे ।

यस्तै बैठकमा राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट दोश्रो वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको अर्को बैठक असार २१ गते सोमबार १ बजे बोलाइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology