कावासोतीको बजेट ९६करोड ३४लाख ३८ हजार : कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार दिइने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १७ गते २३:१८
कावासोतीको बजेट ९६करोड ३४लाख ३८ हजार : कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार दिइने
210771739 4120680951361292 4452158968674015966 n

कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ९६करोड ३४लाख ३८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेको छ ।

बिहिबार नवौँ नगर सभा मार्फत कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त ह’ने अनुदान तथा सहयोग र नगरपालिकाको अनुमानीत आन्तरिक आम्दानी सहित कुल ९६करोड ३४लाख ३८ हजार रुपैयाँ बराबरको बजेट सार्वजानिक गरेका हुन् ।जसमध्ये आयतर्फ सङ्घीय सरकारको सशर्त अनुदानबाट ४१ करोड ६४लाख, संघीय सरकारबाट वित्तिय समानिकरणा अनुदानबाट १८ करोड १५ लाख, प्रदेश सरकारबाट समपुरक अनुदानबाट १ करोड, प्रदेश सरकारबाट समानिकरण अनुदान बाट २ करोड २२ लाख ९९ हजार, राजस्व बाँडफाँडबाट २३ करोड ५७ लाख ४ हजार र आन्तरिक आय तर्फ ९ करोड ७५ लाख ३५ हजार आम्दानी हुने अपेक्षा गरिएको छ ।


कावासोती नगरपालिकाले बिहिबार नवौँ नगर सभा मार्फत सार्वजनिक गरिएको बजेटमा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई रु ५० हजारका दरले सहयोग दिने कार्यक्रम समेटिएको छ । त्यस्तै बजेटमा नगरभित्रका सामुदायीक विद्यालयमा अग्रेजी माध्यमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी निशुल्क पाठयपुस्तको व्यवस्था, संघिय सरकाकरले दिएकाृ तलबमा थप गरि नगरभित्रका सामुदायीक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताको तलब १७ हजार, लेखापालको १७ हजार ५ सय र विद्यालय कर्मचारीको तलब १५ हजार पु¥याइने गरि व्यवस्था गरिएको छ ।

त्यसै गरि बजेटमा नगरभित्रका कृयाशिल पत्रकारहरुका परिवारहरुलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण कार्यक्रमको निरन्तरता, एक वाड एक खेल मैदान , प्याराग्लाईडिङ सन्चालनका लागी पूर्वाधार सुधार, नारायणी सभ्यता बचाउ अभियान, कुमारवर्ती, मध्यविन्दु र लुम्बिनी क्याम्पसमा सिसि टिभि जडान, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक बिदाई कार्यक्रम समेटिएको छ ।

प्रकाशित : २०७८ असार १७ गते २३:१८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI