गण्डकीका मुख्यमन्त्री नेपालीले लिए शपथ

NAWALPUR TIMES

गण्डकीका मुख्यमन्त्री नेपालीले लिए शपथ
received 1008283163243871

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख सीता पौडेलले शपथ खुवाएकी हुन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ बमोजित नेपालीलाई मुख्यमन्त्रीमा आजै नियुक्त गरेकी थिइन् ।

मुख्यमन्त्री पोखरेलले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।

 

पाँच जना मन्त्री नियुक्त

नवनियुक्त मुख्यमन्त्री पोखरेलले आफू सहित पाँच जनालाई मन्त्रीको जिम्मेवारी बाडफाड गरेका छन् ।

कांग्रेसबाट कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री नियुक्त भएका छन् । उनीहरुले पाउने मन्त्रालय भने तोकिएको छैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology