कसै-कसैको बानी नै हुन्छ, हातको औंला पड्काउने, गर्दन, ढाँडहरुको हड्डिको जोर्नीहरु पट्काउने । यसो गर्दा आराम भएको महसुस त हुन्छ तर चिकित्सकहरुका अनुसार यसले स्वास्थ्यमा भने गम्भिर समस्या आउन सक्छ ।
यसकारण नपट्काउनुहोस् :
लगातार औंला पट्काउने बानीले गठिया अर्थात बाथ रोग लाग्ने संभावना बढि हुने चिकित्सकहरु बताउँछन । गोली गाँठो वा हड्डिको आँख्लामा एकप्रकारको रसायन जेल हुन्छ ।
यसले चाँहि मोटर पार्टपुर्जाहरुमा ग्रिजले जस्तो काम गर्छ त्यस्तै काम गर्ने गर्दछ । यदि हामीले निरन्तर औंला वा हड्डीको आँख्ला पट्काउने हो भने त्यो रसायनमा कमी आउँछ । यसरी बाथरोग लाग्ने समस्या आउँछ ।
यस्तो बानी छुटाउने सरल उपाय भनेको हातलाई व्यस्त राख्ने । पट्काउन मन लागेमा तुरुन्त शारीरिक व्यायाम गनुहोला । पढिरहेको समयमा पट्काउन मन लागेमा तपाईका औंलालाई अरु नै केहि काममा व्यस्त राख्नुहोस् ।
हप्ता १० दिन सम्म यस्तो गर्नुभयो भने औंला पट्काउने तपाईको बानी हट्छ ।
प्रकाशित : २०७८ जेठ २३ गते १३:४५
Facebook Comment