कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ की ६५ बर्षिय महिलाको उपचारको क्रममा चितवन मेेेेडिकल कलेज भरतपुरमा सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
मृतक महिलाको जेठ ६ गते बुटवलको नेशनल प्याथोलेजिमा स्वाब परिक्षण गर्दा पोजेटिभ नतिजा आएको र उपचारका लागी सोमबार भरतपुर लगिएको थियो ।
यो सँगै विनयी त्रिवेणी गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस्तै जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ भने कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ३५ पुगेको हो ।
प्रकाशित : २०७८ जेठ १२ गते ९:११
Facebook Comment