कावासोतिमा थप १ जना संक्रमित महिलाको ज्यान गयो

NAWALPUR TIMES

कावासोतिमा थप १ जना संक्रमित महिलाको ज्यान गयो
death in hospital corridor 1

कावासोती । नवलपुरको कावासोतीमा एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ।

पुरानो मेडिकल कलेज चितवनमा उपचाररत कावासोती नगरपालिका–२ बस्ने ५७ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको गएराति निमोनियाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

निमोनियाको समस्या आए पछी जेठ ८ गते अस्पताल भर्ना भएकि उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा पछिल्लो पटक ३५ जनाको कोरोना कारण निधन भएको छ ।

नयाँ संक्रमणको लहर आए पछि संक्रमित भएका मध्ये १ हजर ३ सय २८ जना निको भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology