वडा अध्यक्ष श्रेष्ठद्वारा मध्यविन्दु जिल्ला अस्पताललाई सहयाेग रकम हस्तान्तरण

NAWALPUR TIMES

वडा अध्यक्ष श्रेष्ठद्वारा मध्यविन्दु जिल्ला अस्पताललाई सहयाेग रकम हस्तान्तरण
received 1610274649162649

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टको क्षमता अभिबृद्धिमा सहयोग पुराउने उदेश्यले संकलित रकम आज हस्तान्तरण गरिएको छ ।कावासोती नगरपालिका वडा नं. १६ मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा जडित अक्सिजन प्लान्टको क्षमता वृद्धिका लागि कावासोती वडा नं. ३ का वडा अध्यक्ष अमृत कुमार श्रेष्ठको पहलमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. बिर बहादुर थापालाई वडा अध्यक्ष श्रेष्ठले २ लाख ४४ हजार ६६६ रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । अस्पतालमा विरामीको संख्या बढ्दै गएपछि अक्सिजनको अभावमा कुनै पनि बिरामिले समस्या भोग्न नपरोस भनेर सहयोग रकम हस्तान्तरण गरिएको श्रेष्ठले बताए ।श्रेष्ठले यसअघि पनि अस्पतालमा अक्सिजन सिलिन्डर रिफिल लगाएतका सहयोग गरेका थिए । मेडिकल सुपरिटेन्डेन्ट डा.थापाका अनुसार अक्सिजन प्लाण्टको क्षमता अभिबृदीका लागि आएको यो नै पहिलो सहयोग हो । जिल्ला अस्पतालमा अहिले रहेको अक्सिजन प्लाण्टले दैनिक १८ वटा सिलिन्डर रिफिल गर्ने क्षमता बोकेको छ भने अहिले अस्पतालमा दैनिक ३५ वटा अक्सिजन सिलिण्डर खपत हुने गर्दछ ।
रकम सहयोग गर्नेहरुको नामावली निम्नानुसार छ ।
अमृत कुमार श्रेष्ठ २७,५५५।
सत्कार पौडेल २६,१११ ।-
कोषराज कार्की २५,०००।-
रिसिराम कंडेल २५,०००।-
विन्दु केसी २५,०००।-
गौमाया खन्डलुक २५,०००।-
नवराज भण्डारी २५,०००।-
रिभर श्रेष्ठ २५ ,०००।-
राजकुमार श्रेष्ठ १५, ००० ।-
नवजिवन पुर्नस्थापना केन्द्र चोरमारा १०,०००।-
टिकाराम भण्डारि ५००० ।-
भानु युथ एकेडमी ५,०००।-
कृष्ण बहादुर थापा १५, ००।-
विमल परियार १५,००।-
सुक बहादुर गुरुङ १,०००।-
रमेश अधिकारी १,०००।-
नविन गुरुङ १,०००।-

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology