गण्डकी प्रदेशमा वैशाख ३१ गते सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३० गते १६:०७
गण्डकी प्रदेशमा वैशाख ३१ गते सार्वजनिक बिदा

कावासोती । गण्डकी प्रदेश सरकारले ईदुल्लफितरका दिन वैशाख ३१ गते सार्वजनिक विदा दिएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन विदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिव हिमालचन्द्र अर्यालले जनाएका छन् । उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ ।

गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व विदाको निर्णय गरेको छ । चैते दसैंसँगै इद, पुस १५ गते तमु लोसार, माघ १९ गते सोनाम लोसार र फागुन १९ गते ग्याब्लो लोसारमा पनि विदाको निर्णय भएको छ । इदुल्लफितर जुन दिन पर्छ त्यसै दिन विदा हुने निर्णय अनुसार वैशाख ३१ गतेलाई बिदा दिईएको हो  । प्रदेश सरकारलाई वर्षमा ७ दिन बिदा दिने अधिकार हुन्छ ।

प्रकाशित : २०७८ वैशाख ३० गते १६:०७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI