मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन

NAWALPUR TIMES

मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई निवेदन
received 2639187533047357

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाललाई नियुक्त गर्न माग गर्दै विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र बुझाएका हुन्। कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्री बनाउन पत्र बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए।

चार दलले बुझाएको पत्रमा ३१ सांसद रहेको दाबी गरिएको छ। जसमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका तीन र जसपाका दुई जनाका सांसद रहेको दाबी गरिएको छ।

प्रदेश प्रमुखलाई बुझाएको पत्रमा कांग्रेस, माओवादी र जसपाका संसदीय दलका नेता तथा जनमोर्चाका सचेतकले हस्ताक्षर गरेका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६ वैशाखमा राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी थिइन्। प्रदेश प्रमुखले दिएको समयभित्रै चार दलले मुख्यमन्त्रीको दाबी गरि पत्र बुझाएका हुन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology