देवचुलीमा संक्रमितले एम्बुलेन्स पाएनन : ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गयो

NAWALPUR TIMES

देवचुलीमा संक्रमितले एम्बुलेन्स पाएनन : ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गयो
FB IMG 16200352486355039

कावासोती । पुर्वी नवलपरासीको देवचुलीमा कोरोना संक्रमितको ट्रयाक्टरमा ज्यान गएको छ ।

देवचुली-१३ का ६८ वर्षीय संक्रमितलाई उपचारका लागी अस्पताल लैजान एम्बुलेन्स नपाए पछि उनलाई ट्रयाक्टरमा अस्पताल लगिएको थियो ।

गत वैशाख १५ मा कोरोना संक्रमित  भएका उनी होम आईसोलेसनमा रहेका र सोमबार दिउसो श्वासप्रश्वासमा समस्या आए पछि ट्रयाक्टरमा राखेर अस्थायी कोभिड अस्पताल पुर्‍याईएको र कोभिड अस्पताल हाता भित्र उनको ज्यान गएको देवचुलीको स्वास्थ्य शाखाले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आए पछि अक्सिजन दिएर एम्बुलेन्समा समयमै अस्पताल पुर्‍याउन नपाएको र एम्बुलेन्स नपाए पछि आफुहरुले ट्र्याकटरमा अस्पताल लैजादै गर्दा  अस्पताल परिसरमा ज्यान गएको मृतकको पारिवारिक स्रोतले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology