काठमाडौँ । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण नेपालमा बढेसँगै पशुपतिनाथको मन्दिर बन्द गरिने भएको छ । बिहीबार पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले सूचना जारी गरी सो जानकारी दिएका हुन् ।
काठमाडौँमा संक्रमण बढेसँगै शुक्रवारबाट पशुपतिनाथको मन्दिर बन्द गर्न लागिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले आदेश जारी गरेको र सो आदेशको दफा ४ मा उल्लेख भए बमोजिम वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि बन्द गर्न लागिएको छ ।
पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी
व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
प्रकाशित : २०७८ वैशाख ९ गते १५:४०
Facebook Comment