देवचुलीमा सवारी दुर्घटना : एक जना गम्भीर घाईते

NAWALPUR TIMES

देवचुलीमा सवारी दुर्घटना : एक जना गम्भीर घाईते
1618663898420

कावासोती । पुर्व पश्चिम राजमार्गको देवचुली-१४ छत्तिसघरमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाईते भएका छ्न ।

पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ च ९९२३ को बोलेरोले विपरीत दिशाबाट आउदै गरेको लु ५० प २३९७ नं को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार देवचुली-१३ का केशव मरासिनी गम्भीर घाईते भएका अस्थायी प्रहरी पोस्ट दलदलेले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते मरासिनीको दलदलेको देवचुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाईएको छ ।

घाईते मरासिनीको टाउको, मुख र खुट्टामा चोट लागेको र ठक्कर दिने बोलेरो, बोलेरोका चालक र मोटरसाइकल अस्थायी प्रहरी पोस्ट दलदलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology