२४ घण्टामा थपिए १०९६ जना कोरोना संक्रमित

NAWALPUR TIMES

२४ घण्टामा थपिए १०९६ जना कोरोना संक्रमित
1618748872701

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अथ्यांक सार्वजनिक गर्दै करिब ६ हजारको परीक्षण गरिएकोमा १०९६ जना संक्रमित पुष्टि भएको बताए।

उनका अनुसार ५०८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको थियो भने ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जना संक्रमित रहेको पुष्टि भएको छ।

गत असाजे यता नयाँ संक्रमितको संख्या एकहजार नाघेको यो पहिलो पटक हो। नेपालमा अहिले संक्रमण दर उच्च रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणदर १८ प्रतिशतभन्दा माथि देखिएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २९० पुगेको छ।

प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले कोरोनाबारे बोल्ने जनस्वास्थ्य विद्हरुलाई पनि जथाभावी नबोल्न भनेका छन्। उनले नेपालमा हरेक उमेर समूह कोरोनाको जोखिममा रहेको भन्दै कुनै एक समूह अधिक जोखिममा छ भनेर नबोल्न उनले निर्देशन दिएका हुन्।

यसअघि जनस्वास्थ्य विद्हरुले बालबालिका अधिक जोखिम रहेको बताएका थिए। उनीहरुले यस्तो बताएपछि स्वास्थ्य मन्त्रालयले तथ्यमा रहेरमात्र बोल्न भनेको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology