प्रधानमन्त्री ओलीको शुभकामना : ७७ साल जस्तो कोरोनाको पीडा दोहोरिन नपाओस्

NAWALPUR TIMES

प्रधानमन्त्री ओलीको शुभकामना : ७७ साल जस्तो कोरोनाको पीडा दोहोरिन नपाओस्
KP Oli 2 Sf0rYbuhrF

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधवार बिहान देशबासीको नाममा सम्बोधन गर्दै कोरोना फैलिन नदिन सजग हुनुपर्ने बताए । नयाँ वर्ष २०७८ को अवसरमा सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

‘२०७७ साल हामीबाट बिदा भएको छ । ७७ सालमा हामीले विश्वले पहिले कहिल्यै नदेखेको कोभिड–१९ जस्तो महामारीको अप्रत्यासित सामना गर्नुपर्‍यो । सबैभन्दा बढी असर सामाजिक जनजीवनमा, अर्थतन्त्रमा र शिक्षामा पर्‍यो, वर्षभरि नै आक्रान्त रहनुपर्‍यो,’ उनले भने ।

गत कात्तिकदेखि कोरोना नियन्त्रणमा आएको भएपनि फेरि अगाडि बढ्न थालेको उनले बताए । ‘हामीले कात्तिकबाट नियन्त्रण गर्दै ल्याएका थियौं, फेरि चैतको शुरूबाट कोरोनाले आफूलाई अगाडि बढाउन थालेको छ,’ उनले भने, ‘७७ सालको पीडा त्यसै रूपमा दोहोरिन नपाओस्, तीब्र संक्रमण हुन नपाओस्, जनधनको क्षति गर्न नपाओस्, अर्थतन्त्रलाई प्रतिकूल असर गर्न नपाओस्, रोजगारी खोस्न नपाओस्, विकासमा प्रतिकूल असर नपारोस् भनेर सजग हुनुपर्ने भएको छ ।’सरकारले जारी गरेका मापदण्डको पालना गर्न र चिकित्सकका परामर्श शिरोधार्य गरेर अगाडि बढ्न प्रधानमन्त्री ओलीले सबैमा अनुरोध गरेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology