ध्रुवे हात्ती बस्ती छेउछाउ देखिन थाले पछि स्थानीय त्रसित

NAWALPUR TIMES

ध्रुवे हात्ती बस्ती छेउछाउ देखिन थाले पछि स्थानीय त्रसित
IMG 20210409 113145

सन्जय भट्टराई/नवलपुर । एक हप्ता अगाडी गैडा गणना टोलिलाई लखेटेर घाईते बनाएको ध्रुवे हात्ती बस्ती छेउछाउ देखिन थाले पछि नवलपुरको नारायणी नदि आसपासका बस्तीका बासिन्दा त्रसित भएका छन ।

बिहिवार ध्रुवे हात्ती मध्यविन्दु नगरपालिकाको धजाहा क्षेत्रमा देखिए पछि निकुञ्ज प्रसासन , नेपाली सेना, स्थानीय सहितको टोलिले लखेटेको र हात्ती फेरि पनि आउन सक्ने भन्दै सजग रहन भन्दै मध्यविन्दु नगरपालिका वडा नं २ का अध्यक्ष नारायण पौडेलले अपिल गरेका छ्न । पौडेलले स्थानीयमा त्रास बढेको भन्दै तत्काल आवश्यक कदम चाल्न निकुञ्ज प्रशासनको ध्यानाकर्षण समेत गराए ।

बिहीवार ध्रुवे हात्ती भुताहा पोस्ट आसपास देखिएको सूचना आफुहरुले पनि पाएको बताउदै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले ध्रुवे हात्ती अहिलेपनि निकुञ्जको तल्लो भाग पश्चिम सेक्टरको गैंडा खासा टेम्पल क्षेत्रमा रहेको बताए । गणनामा प्रयोग गरिएको पवनकली हात्तीलाई पछ्याउँदै ध्रुवे निस्किएको हुन सक्ने अधिकारीले बताए । “अहिले ध्रुवे हात्ती निकुञ्ज भित्रनै छ, गैंडा गणनाको क्रममा हल्लाखल्ला भएकाले पनि बाहिर देखिएको हो, गणना सकिए पछि हल्लाखल्ला कम हुने हुँदा बाहिर निस्किदैन” अधिकारीले बताए । निकुञ्ज यति बेला गैंडा गणनामा व्यस्त रहेको र ध्रुवे हात्तीको व्यवस्थापनमा केही नसोचिएको अधिकारीले बताए ।

निकुञ्ज भित्र घासे मैदानको अभाव भएर निकुञ्जका हात्ती गैडा लगाएतका जनावर बाहिर निस्किएको बताउदै संरक्षणकर्मी श्रीधर भट्टराईले परम्परागत रुपमा गरिने खरखडाईलाई व्यवस्थापनलाई सुरु गरेर जनतालाई उपलब्ध गराउन दिने हो भने ती ठाउँमा घासे मैदान बन्न सक्ने र जनावर बाहिर न आउने बताए । अहिले देखिएको ध्रुवे हात्ती मात्रै होईन निकुञ्जबाट निस्क्ने अरु जनावरको कारणले स्थानीय र वन्यजन्तु बिच द्वन्द बढेको बताउदै यस विषयमा निकुञ्जले उचित कदम चाल्नु पर्ने भट्टराई बताउछ्न ।

गत चैत २० गते नवलपुरको मध्यविन्दु नगरपालिका –२, नजिक चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर गैंडा खासा टेम्पल क्षेत्रमा गैंडा गणनामा खटिएका टोलीलाई धुर्वे हात्तिले लखेटपछी गणना गर्ने हात्तिबाट खसेर कम्तीमा ५ जना घाइते भएका थिए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology