चितवन, ११ चैत । नारायणगढ मुग्लिन सडक खण्डको दासढुङ्गामा ट्रक र कार ठोक्किदा दुईको मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन् । बुधवार ४ः२५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना६ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिसाबाट आइरहेको बा२१च ६८५९ नम्बरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तनँहु जिल्ला स्याम्घा नगरपालिका–४ बस्ने २८ वर्षीय धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिका बस्ने ३१ वर्षीय रामकृष्ण भुजेल रहेका प्रहरीले जनाएको छ ।
त्यस्तै गम्भीर घाइतेहरुमा कार चालक लम्जुङ जिल्ला मध्य नेपाल नगरपालिका–७ बस्ने ४२ वर्षीय पदम सापकोटा र स्याङजा जिल्ला बिरुवा गाउँपालिका–३ का ४२ वर्षीय प्रसाद थापा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सामान्य घाइते भएका तनहुं जिल्ला ब्यास नगरपालिका–६ का ४० वर्षीय जसमा परियारको पनि पुरानो मेडिकलमै उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित : २०७७ चैत ११ गते १९:३९
Facebook Comment