सिरक डसना उद्योगमा आगलागी ,सात लाख बराबरको क्षति

NAWALPUR TIMES

सिरक डसना उद्योगमा आगलागी ,सात लाख बराबरको क्षति
fire 1

चितवन । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।

आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा  र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ ।  आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology