अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ७ गते ११:५७
अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा

कावासोती । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा हुने भएको छ ।

संगठनको चैत्र १ मा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटीको जिम्मेवारी हेरफेर गर्दै जिल्ला अधिवेशनको निर्णय गरिएको संगठनका जिल्ला संयोजक ठाकुर पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

त्यसै गरि पराजुलीको संयोजकत्वमा ४१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको विज्ञप्तिमा जनाईएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ॠषि कट्टेलको नाममा रहेको पार्टीलाई आधिकारिकता दिने निर्णय गरे संगै नेकपा एमालेले साविकको अवस्थामा आए सँगै एमालेमा पनि नेपाल समुह र ओलि समुहमा द्वन्द चर्किएको छ ।

यसै बिच नवलपुरमा अनेरास्ववियुका छुट्टाछुट्टै दुई वटा जिल्ला समिति रहेको दुबै समुहको दाबी रहेको छ । भदौमा अधिवेशन घोषणा गर्ने समूह माधव नेपाल  निकटको समूह भए पनि आफुहरु नै जिल्लामा आधिकारिक रूपमा एमालेको अनेरास्ववियु रहेको दाबी संयोजक पराजुलीले गरेका छ्न ।अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा 5अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा 6

प्रकाशित : २०७७ चैत ७ गते ११:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI