एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ४ गते ८:३९
एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर)
एकसिंगे गैंडा प्राय एक्लै हिँड्छ । सँगै देखिने भनेको माउ बच्चा हुन् । तर मंगलबार मध्याह्न एउटा दुई वटा हैन आधा दर्जन अर्थात ६ वटा गैंडा एकै ठाउँमा भेटिए । गैंडाका लागि चरन जस्तै महत्वपूर्ण आहाल पनि हो । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा पर्ने नवलपुर तमासपुरको ठूलो पोखरा मध्यवर्ती सामुदायिक वनको पोखरी तालमा आहाल बस्न गैंडाहरु झुम्मिने गरेका छन् ।

एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर) 15
एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर) 16
तमासपुर रेञ्जपोष्टमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले कुनै बेला आठ वटासम्म गैंडा आहाल खेल्दै गरेको भेटेका छन् । सिनियर गेमस्काउट ललित मल्लका अनुसार वनमा पहिल्यैदेखि ताल थियो । दुई वर्षअघि मर्मत गरेपछि त्यहाँ गैंडाहरु झम्मिन थालेका छन् ।
एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर) 17
एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर) 18
एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर) 19
निकुञ्जको सिमाना भन्दा झण्डै ६ किलो मिटर उत्तरमा सो ताल छ । निकुञ्जबाट निस्केर चर्दै चर्दै गैंडाहरु गर्मी बढेपछि आहाल बस्न त्यहाँ जाने गर्दछन् । सो ठाउँदखि पूर्व–पश्चिम महेन्द्र राजमार्ग झण्डै पाँच किलो मिटर उत्तरमा छ । सो ठाउँको वन क्षेत्रमा गैंडालाई मन पर्ने घाँस पनि छ । स्थानीयहरु पनि घाँस दाउराका लागि जंगल आउजाउ नगर्ने हैन । तर अन्यत्रको जस्तो हो हल्ला पनि नहुने र चर्नलाई घाँस, पिउन तथा आहाल बस्न घोल पनि भएका कारण गैंडाहरु त्यता जाने गरेका छन् । एकसिंगे गैंडा विश्वमा लोप हुन लागेको दुर्लभ वन्यजन्तु हो ।एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर) 20
एउटै आहालमा आधा दर्जन गैंडा ( फोटो फिचर) 21
विसं २०७२ सालको बैशाखमा सार्वजनिक भएको गैंडा गणनाको नतिजा अनुसार देशभर ६४५ वटा एकसिंगे गैंडा छन् । सवैभन्दा बढी गैंडा चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा छन् । त्यो बेला यो क्षेत्रमा ६०५ वटा गैंडा भेटिएका थिए । चोरी सिकारी र अन्य दुर्घटनाका कारण पछिल्लो समय गैंडाहरु धमाधम मर्न थालेका छन् । यसै गरी चितवन निकुञ्जको पूर्वी भन्दा पश्चिमी क्षेत्रमा गैंडाहरु बढी देखा परेका छन् । दुर्लभ वन्यजन्तु भएका कारण गैंडा मारेमा वा यसको अंगको कारोबार र ओसार पसार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ । यो समाचार रेडियो कान्तिपुरको अनलाइन पोर्टलबाट साभार गरिएको हो ।
प्रकाशित : २०७७ चैत ४ गते ८:३९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI