नेकपा एमालेको ओली र नेपालसमूहबीच धुम्बारहीमा वार्ता सुरु

NAWALPUR TIMES

नेकपा एमालेको ओली र नेपालसमूहबीच धुम्बारहीमा वार्ता सुरु
FB IMG 16157886007092176

काठमाडौं । नेकपा एमालेमा भएको विवाद समाधान गर्न धुम्बारहीमा वार्ता सुरु भएको छ। ११ बजे सुरु हुने भनिएको वार्ता आधाघण्टा ढीला गरी साढे ११ बजे सुरु भएको छ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताहरु धुम्बारही पुगेका छन्।

फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युताइदिएपछि पहिलो पटक ओली नेपालको संवाद हुन लागेको हो।

 

पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि तत्कालिन नेकपा दुई समूहमा विभाजन भएको थियो। एकतर्फ ओली थिए भने अर्को तर्फ प्रचण्ड नेपाल रहेका थिए।

प्रचण्ड नेपाल एकातर्फ भइरहेको बेला सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएको थियो। एमाले ब्युतिएपछि उक्त पार्टी भित्र पनि ओली र नेपाल गरी दुई समूह भएका थिए।

माधवकुमार नेपाल प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक पार्टी कार्यालय धुम्बारही पुगेका हुन।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology