परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले दिएन शव

NAWALPUR TIMES

परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले दिएन शव
dead body 5aa386bb279ce5.66531323 A5Cn0ML9oB

विराटनगर । परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले १८ वर्षीय कैशाल कापरको शव दिन अस्वीकार गरेको छ।

धनुषाको धनुषधाम–४ हरिपुरका कापर फागुन १२ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थिए। त्यसपछि न्युरोमा भर्ना भएका कापरको २० गते उपचारकै क्रममा मृत्यु भएको थियो। तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई नबुझाएको हो।

मृतकका हजुरबुवा मधुरी कापरले अस्पतालले नातिको शव बन्धक बनाएर राखेको बताए। पैसा नबुझाएका कारण शव हेर्नै नदिएको उनको भनाइ छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए। मृतकका आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाएका छन्।  टाउको शल्यक्रिया गरिएको भन्दै थप ३ लाख ८५ हजार रकम माग्ने गरेको मधुरीले बताए।

मृतकका बुवा विपतीया कापरका नाममा ५ धुर जग्गा र घर रहेको छिमेकी बेचन यादवले बताए। त्यही घरजग्गा बन्धक राखेर उपचार खर्च तिरेको यादवले सुनाए।

अस्पताल प्रशासनका राजेश भट्टराईले कापर परिवारले झन्डै ३ लाख बुझाउन बाँकी रहेको सुनाए।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology