आजको मौसम : पहाडी भूभागमा वर्षाको सम्भावना

NAWALPUR TIMES

आजको मौसम : पहाडी भूभागमा वर्षाको सम्भावना
1583566508

काठमाडौं–देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी भूभागमा मेघ गर्जनसहित सामान्य वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।
देशको पहाडी भू–भागका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
आज राति देशभरि आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology