यस्तो छ मनीषाले गाएको ‘महामृत्युन्जय मन्त्र’ ( भिडियो सहित)

NAWALPUR TIMES

यस्तो छ मनीषाले गाएको ‘महामृत्युन्जय मन्त्र’ ( भिडियो सहित)
1615477540239

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर मन्त्र भिडियो सहित सार्वजनिक गरिएको हो ।

कोइरालाले यो भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा ल्याएकी हुन् । सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई संगीतबद्ध गरेका छन् ।

भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलावादक श्रेष्ठको पनि मन्त्रमा स्वर रहेको छ । साढे चार मिनेट लामो भजनमा कोइरालाको स्वरमा मन्त्र पाठ तथा गायन समेटिएको छ ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology