आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
1601101692 mausam sapha

पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले देशका केही भूभागमा सामान्य बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको छ।
हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाँकी भू–भागमा भने मौसम सफा रहेको छ।
बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। अपरान्हतिर देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन\चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
यस्तै आज राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology