चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबिस नगरपालिका– ३ निमायलकी सुकी बडुवाल र उनका १९ वर्षीय छोरा ललित बडुवालको शव कर्णाली नदीको पानीमुनि भेटिएको छ ।
सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान आसपासमै उनीहरूको शव भेटिएको दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले बताए । ‘पाँच वर्षीया छोरी रजनी बडुवालको अवस्था अझै अज्ञात छ,’ उनले भने, ‘गोताखोरको टोलीले शव भेटाएको हो । बेपत्ता एकजनाको खोजी भइरहेको छ ।’
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी वसन्तकुमार पन्तसहितको टोली घटनास्थलमा पुगेको र घटनाका विषय अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रकाशित : २०७७ फागुन २५ गते १३:१९
Facebook Comment