सत्ताका लागि खुट्टा उचालेर हल्का नबन्न आफ्ना सांसदलाई देउवाको निर्देशन

NAWALPUR TIMES

सत्ताका लागि खुट्टा उचालेर हल्का नबन्न आफ्ना सांसदलाई देउवाको निर्देशन
1614086866629

काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तामा जान खुट्टा उचाल्नुभन्दा प्रतिनिधिसभामा प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउन सांसदलाई निर्देशन दिएका छन्। कांग्रेस संसदीय दलको शुक्रबार बानेश्वरमा बसेको बैठकमा सभापति देउवाले सरकारको मात्र कुरा गरेर पार्टी र आफूलाई हल्का बनाउने काम नगर्न पनि आग्रह गरे।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र भए पनि अहिले पनि नेकपा एउटै दल रहेको देउवाले बताए। राजनीतिक रूपमा नेकपा दुई समूहमा देखिए पनि कानुनी रूपमा अझै एउटै रहेको पटकपटक दोहो¥याउँदै देउवाले भने, ‘नेकपाको विवाद कसरी अघि बढ्छ, त्यसलाई पनि नियाल्दै अघि बढ्नुपर्छ। तर अहिले सत्ताका लागि होइन, प्रतिपक्षीको भूमिकालाई प्रभावकारी बनाउन ध्यान दिनुहोस्।’

नेकपाका दोस्रो तहका नेताहरू अहिले पनि पार्टी मिलाउन सक्रिय रहेको उदाहरण दिँदै देउवाले सत्तारूढ दल फुट्छ वा मिल्छ अझै स्पष्ट नभएको बताए। नयाँ सरकारको नेतृत्व लिन दुवै पक्षले प्रस्ताव गरे पनि त्यसबारे स्पष्ट प्रस्ताव र खाका केही नआएको उनको भनाइ थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology