विगत ५ वर्ष देखि आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

NAWALPUR TIMES

विगत ५ वर्ष देखि आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
bigstock man s hand holding a woman rape 291018214 1555340645707

कावासोती । पुर्वी नवलपरासीमा विगत ५ वर्ष देखि आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँ पालिका वडा नं ४ सर्दीमा आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपममा ३८ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताए ।

गिरीका अनुसार विगत ५ वर्ष देखि छोरीलाई पटक पटक बलात्कार गरेको आरोप लागेका बाबू गत मंसिरमा छोरीलाई बलात्कार गरेर भारत पुगेका थिए । आरोपित बाबुलाई बिहीवार बिहान घर आउन साथ स्थानीयले सूचना दिए लगतै पक्राउ गरिएको गिरीले बताए ।

पिडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको गिरीले बताए ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology