काङ्ग्रेसको रणनीति सत्ता होइन आगामी निर्वाचन केन्द्रित हुनुपर्छ : वरिष्ठ नेता पौडेल

NAWALPUR TIMES

काङ्ग्रेसको रणनीति  सत्ता होइन आगामी निर्वाचन केन्द्रित हुनुपर्छ : वरिष्ठ  नेता पौडेल
IMG 20210304 155433 scaled

कावासोती । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसको अबको रणनीति सत्ता नभएर आगामी निर्वाचन हुनु पर्ने बताएका छ्न । बिहीवार पुर्वी नवलपरासीको कावासोतीमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति द्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन ।

नेपाली काङ्ग्रेस भित्र सरकारमा जाने या नेतृत्व गर्ने भन्ने विषयमा बहस चलिरहदा कार्यकर्ता भेटघाटमा पुर्वी नवलपरासी आएका पौडेलले वर्तमान परिस्थितिमा सरकार जाने कुरा काङ्ग्रेसको हितमा नभएको टिप्पणी गर्दै झण्डा हल्लाउन र प्रधानमन्त्री बन्न मात्रैका लागि सरकार जान नहुने तर्क गरेका छ्न ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले भने “उनिहरुको पार्टी फुटदा पनि हामी तेस्रो दलनै हो, तेस्रो दलले सत्तामा गएर जनताका अपेक्षा कसरी पूरा गर्न सकिन्छ ? त्यसै माथी तल देखि माथी सम्म ओलिले सबै सेटिङ्ग गरिसकेका छ्न, यो अवस्थामा गएर सरकार कसरी चलाउन सकिन्छ ?” राजनीति गतिरोध फुकाउनका लागि काङ्ग्रेस सत्ता बाहिर रहेर समर्थन गर्न सकिने पौडेलको भनाई थियो

पार्टीको आन्तरिक राजनीतिको बारेमा बोल्दै पौडेलले नेतृत्वको अहिलेको पाराले तोकिएको मितिमा पार्टीको महाधिवेशन नहुनेको भन्ने विषयमा चिन्ता व्यक्त गरेका छ्न । विधान अनुसार समयमा अधिवेशन गर्न नसकेर संविधानको भर परेको वर्तमान अवस्थामा तोकिएको समयमा अधिवेशन गरेर पार्टीलाई पुर्नजिवन दिनु पर्ने पौडेलको तर्क थियो । पार्टी तदर्थवादमा चलेको बताउदै पौडेलले भातृ संस्थाको अधिवेशन हुन नसक्दा पार्टी कम्जोर भएको समेत बताएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology