लागू औषध सहित गैंडाकोटका दुई युवा कावासोतीबाट पक्राउ

NAWALPUR TIMES

लागू औषध सहित गैंडाकोटका दुई युवा कावासोतीबाट पक्राउ
arrest 1

कावासोती  । लागुऔषध सहित गैँडाकोटका २ युवालाई प्रहरीले पूर्वि नवलपरासीको कावासोतीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीको प्रहरी टोलीले गैँडाकोट वर्ष ३० का तारा बुढा मगर र २८ वर्षका प्रेम कुमार रानाालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले गैँडाकोट नगरपालिका वडा नं. ५ का उनिहरु बुुुधबार  साँझ कावासोती नगरपालिका वडा नं. १६ स्थित चालिसकिलो जंगलबाट पक्राउ परेको जानकारी दिए ।
ना ७ ख ६८१ नं को बसमा यात्रा गरी आएका उनिहरुको साथबाट ६०/६० एम्पुल डाईजापाम , फेनरागन र नुर्फिन नामक लागुऔषध फेला परेको उनले बताए ।
पक्राउ परेका दुवैलाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology