नेपाल शिक्षक संघ कावासोतीको तेस्रो प्रतिनिधि सभा सम्पन्न

NAWALPUR TIMES

नेपाल शिक्षक संघ कावासोतीको तेस्रो प्रतिनिधि सभा सम्पन्न
received 254914209546802 scaled

कावासोती । नेपाल शिक्षक संघ कावासोती नगरपालिकको तेस्रो प्रतिनिधि सभा शनिबार कावासोतीमा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ कावासोती नगरका कार्यबाहक अध्यक्ष रुद्र प्रसाद सापकोटाको अध्यक्षता एवं नेपाल शिक्षक संघ पूर्वी नवलपरासीका अध्यक्ष चूडामणि शर्मा कंडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा बोल्ने अधिकांश वक्ताहरुले कावासोती नगरपालिका शिक्षा शाखाको पछिल्लो कार्यशैली प्रति बिरोध जनाएका छन् । शिक्षा शाखाले शिक्षा ऐन तथा नियमावलीलाई मिचेर प्रधानाध्यापकको बैठकबाट शिक्षकहरूले अपर्झट र पर्व बिदा लिन नपाउने भनि गरेको निर्णय आपत्तिजनक रहेको भन्दै त्यसलाई तत्काल सच्याउन माग समेत गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ पूर्वी नवलपरासीका अध्यक्ष चन्द्रदेव तिवारी, नेपाल शिक्षक संघका गण्डकी प्रदेश सदस्यद्वय बलराम लामिछाने , इश्वरी भुसाल, नेपाल शिक्षक संघ गण्डकी प्रदेश प्रतिनिधि प्रेम न्यौपाने ,नेपाल शिक्षक संघ पूर्वी नवलपरासीका उपाध्यक्षद्वय सानु भुसाल, चोकबहादुर पाइजा, सचिव इन्द्रलाल भट्टराई, लगाएत नगरभित्रका सामुदायिक विद्यालयहरुका प्रतिनिधि शिक्षकहरुले बोल्नुभएको थियो ।

यसैबीच कार्यक्रममा नेपाल शिक्षक संघ कावासोती नगरपालिकाका निवर्तमान अध्यक्ष गोपाल ज्ञवालीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै शनिबार सम्पन्न सभाले नगरमा रिक्त पदाधिकारीहरुको चयन समेत गरेको छ ।

नगरको रिक्त अध्यक्ष पदमा जनता मा वि विष्णुनगरका शिक्षक रुद्रप्रसाद सापकोटा निर्बिरोध चयन हुनुभएको छ । त्यस्तै रिक्त उपाध्यक्ष पदमा दिपेन्द्र आधारभूत विद्यालय डण्डाका प्रधानाध्यापक नलराज भुर्तेल र अर्थ सचिवमा गोसाइँबाबा आधारभूत विद्यालय चिसापानीका प्रधानाध्यापक युवाकुमारी लम्साल निर्बिरोध रुपमा चयन हुनुभएको छ ।

कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ कावासोतीका सचिव भिम रिजालले गर्नुभएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology