आफू, जसपा र काग्रेस मिलेको सरकारमात्र भारतलाई कम्फर्टेबल हुने प्रचण्डको दाबी

NAWALPUR TIMES

आफू, जसपा र काग्रेस मिलेको सरकारमात्र भारतलाई कम्फर्टेबल हुने प्रचण्डको दाबी
1614411514666

काठमाडौं । सामाजिक सञ्जालमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्डको एउटा अन्तर्वाताको क्लिप भाइरल भएको छ। उक्त क्लिपमा प्रचण्डले आफूहरुको समूह, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको सहकार्यमा सरकार बनेपछि भारतको लागि पनि कम्फर्टेबल हुने बताएका छन्।

पत्रकार ऋषि धमलाले प्राईम टेलिभिजनको लागि लिएको अन्तरवार्तामा प्रचण्डले भारतको अनुकुल नेपालको सरकार बनाउनु पर्ने बताएका छन्। उनले अगाडी भनेका छन्, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’

भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि नहुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे। उनले भने, ‘म खुल्ला किताबको पाना हो यसरी नै बुझ्न सक्छु हुन्छ।’

उनले छिमेकी चीनसँग र भारतसँग राम्रो सम्बन्ध बनाएर अगाडी बढ्नु पर्ने बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology