सत्ता सहयात्रा गर्न देउवालाई प्रचण्ड-नेपालको प्रस्ताव

NAWALPUR TIMES

सत्ता सहयात्रा गर्न देउवालाई प्रचण्ड-नेपालको प्रस्ताव
1614162390420

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड-नेपाल समूहका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समक्ष सत्ता सहयात्राको प्रस्ताव गरेका छन् ।

विकसित राजनीतिक घटनाक्रमपछि पार्टीको चितवनमा घोषणा गरिएको सभालाई छाडेर देउवा भेट्न काठमाडौँ आइपुगेका नेकपाका अध्यक्ष प्रचण्ड र नेपालले देउवासँग नयाँ सरकारमा सहयात्राको प्रस्ताव गरेका हुन् ।

‘सभापति ज्यूसँग नेकपाका अध्यक्ष प्रचण्ड र माधवजीको करिब २० मिनेट कुराकानी भयो, उहाँहरूले नयाँ परिस्थितिमा अब बन्ने सरकारमा मिलेरै अघि बढौँ भन्नु भएको छ, सभापतिले पार्टीमा छलफल गर्छौ भन्नु भयो,’ देउवासँगको भेटबारे जानकारी दिँदै उनी निकट एक नेताले भने ।

सभापति देउवाका सहयोगी भानु देउवाले छलफलमा वर्तमान राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको जानकारी दिए ।  देउवाले संसद पुनर्स्थापनापछिको अवस्थाका विषयमा छलफल गर्न बिहीवार लागि पदाधिकारी बैठकसमेत बोलाएका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology