गैंडाकोटबाट १४ बर्षीया बालिका बेपत्ता

NAWALPUR TIMES

गैंडाकोटबाट १४ बर्षीया बालिका बेपत्ता
152345113 2192380347578121 7762334175893060801 o

प्रकाश भण्डारी, गैंडाकोट

गैंडाकोट नगरपालिका वडा नं. ८  की एक बालिका हिजोदेखि हराएकी छन्।

गैँडाकोट नगरपालिका वडा नं. ८ करङघारी उज्जवल टोल बस्ने १४ वर्षीया पवी परियार (बोलाउने नाम रश्मी) हिजो बिहान करिब १०:१५ बजेको समयमा घरबाटै बेपत्ता भएको आमा शान्ती परियारले नवलपुर टाईम्सलाई जानकारी गराउनुभयो।

विजय सामुदायिक शिक्षा सदन गैंडाकोटमा कक्षा ५ मा अध्ययनरत पवी परियार हिजोदेखि बेपत्ता भएपछि शान्तीको परिवार यति बेला भावविव्हल अवस्थामा छ।

परिवारमा जेठी छोरी र एक छोरा रहेको र जेठी छोरी पवी परियार बेपत्ता भएपछि  हिजोदेखी नै परिवारले विभिन्न माध्यमबाट छोरीको खोजिकार्य गरिदिन आग्रह गरेको शान्तीले बताईन्।  पवीले जिन्स पाईन्ट र सेतो धर्के टिसर्ट लगाएकी थिईन्।

पवीका बुवा हाल बैदेशिक रोजगारीको शिलशिलामा दुवईमा छन्। उनलाई कहीँकतै देख्नु हुने तथा भेट्ने महानुभाबहरुले ईलाका प्रहरी कार्यालय गैंडाकोटको सम्पर्क नं. ९८५७०९०४८० तथा आमा शान्ती परियारको मोबाइल नं. ९८१११४६९५३ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology