नेटवर्क संचालक दम्पतीद्वारा बिपन्न बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण

NAWALPUR TIMES

नेटवर्क संचालक दम्पतीद्वारा बिपन्न बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण
received 833770667202085

नारायण प्रभु
फागुन- ५ नवलपुर
नवलपुरको देवचुली१६ रजहरका बासु बाबू कोइराला र उहाँकी श्रीमती गङ्गा कोइरालाले बिपन्न बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छ्न।रजहरमा नै कालिका नेटवर्क प्रा.ली. संचालन गर्दै आएका कोइराला दम्पतीले देवचुलीको पृथ्वी माध्ययमिक  विद्यालयमा अध्ययन गर्ने ९५ जना बालबालिकालाई बिद्यालय झोला हस्तान्तरण गरेका हुन।समाजमा कतिपय बालबालिकाहरुका अभिभावकहरुले सामान्य आधारभुत कुराको पनि जोहो गर्न नसकेर बालबालिकाहरु बिद्यालय जानबाट बन्चित रहेका उदाहरणहरु प्रसस्त छन, तर बालबालिकाले पढ्न पाउने अधिकारलाई सामान्य आधारभुत कुराहरुका कारणले रोक्न हुँदैन भन्ने मान्यता राख्दै हामिले धेरै नसकेपनि एउटा झोला दिएर बच्चाहरुको मनोबल बढाएको कोइरालाले बताए। कार्यक्रममा देवचुली १० का वडाध्यक्ष केशर आलेको प्रमुख आतिथ्यता रहेको थियो भने देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटाको विशेष आतिथ्यता रहेको थियो।
त्यसैगरी सहयोगी भावना भएका व्यवसायी दम्पतीले यस भन्दा पहिला पनि ध्रुब ज्योती बिद्यालयमा गरीब तथा जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले नगद रु.२५००० र बडचुली मा.वि.रजहरमा गरीब विद्यार्थीका लागि ३० थान स्विटर र टोपी हस्तान्तरण गरिसकेका छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology