प्रतिपक्ष दलको कुरा नसुन्दा विशेष अधिवेशन माग गर्नु पर्यो: सचेतक गौतम

NAWALPUR TIMES

प्रतिपक्ष दलको कुरा नसुन्दा विशेष अधिवेशन माग गर्नु पर्यो: सचेतक गौतम
received 417635412775231

पोखरा । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलकी सचेतक ओमकला गौतमले प्रदेश सरकारले प्रतिपक्ष दलको कुरा नसुन्दा विषेश अधिवेशनको माग गर्नु परेको बताएकी छिन । गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा बोल्दै गौतमले यस्तो बताएकी हुन ।

प्रदेश सभाको विषेश अधिवेशनमा विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले १३ बुँदे संकल्प प्रस्ताव आइतबार प्रदेश सभामा पेश गरेका थिए । सोही संकल्प प्रस्ताव माथीको छ्लफलमा बोल्दै गौतमले भनिन “कोरोना प्रभाव कम भएको बेला, प्रदेशको तयारी तीब्र बनाउनु भनेर सुझाव दियौं , जनशक्ति, उपकरण र अस्पतालको व्यवस्था गरौं भनेकै हो, त्यतिबेला प्रदेश सरकार मुक्तिनाथ र पशुपतिले बचाउनुहुन्छ भनेर कानमा तेल हालेर भगवान पुकारेर बस्यो, अहिले अवस्था यस्तो भो ।”

संकल्प प्रस्तावको समर्थनमा बोल्दै संसदीय दलको सचेतक समेत रहेकी गौतमले केही सत्तारुढ सांसदहरुले कोरोना अन्त्य भैसकेको प्रतिक्रिया दिएको भन्दै आपत्ति समेत जनाईन् । “कोरोना अन्त्य भैसक्यो भन्ने अभिव्यक्ति सुनिन्छ, प्रदेश सरकारले अस्पतालको पैसा तिरेन, बेड व्यवस्था गरेन, तर उपचार गर्दिन भनेन, सरकारलाई धन्यवाद छ,” व्यंग्य गर्दै उनले भनिन् ।

जनताको जीवन रक्षा गर्न पनि सर्वोच्चको आदेश कुर्ने सरकारबाट जनताले उपचार पाउने कुरा असम्भव हुने उनको तर्क थियो ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड रोकथाम सहित ४ बुँदे माग राखेर विशेष अधिवेसन बोलाउन आग्रह गरेपछि पुस २१ देखि विशेष अधिवेसन सुरु भएको छ । बेरोजगारी समस्या, महंगी र विकास निर्माणको विषयमा दुई पार्टीले जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गरेर छलफल चलाईएको छ भने कोभिड सम्बन्धि  संकल्प प्रस्तावलाई भने सत्तारुढ र प्रतिपक्षीको साझा बनाईएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology