वैशाखमा चुनाव हुँदैन : घनश्याम भुसाल

NAWALPUR TIMES

वैशाखमा चुनाव हुँदैन : घनश्याम भुसाल
received 440661723679334

दीपक भट्टराई/कावासाेती २० पाैष
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका स्थायी समिति सदस्य घनश्याम भुसालले वैशाखमा कुनै हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

भुसालले मध्यावधि निर्वाचन गर्नका लागि नभई देखाउन मात्र घोषणा गरिएको उनको भनाइ छ । भुसालले निर्वाचनमा जाने प्रक्रिया र बाटो नै गलत रोजिएकाले वैशाखमा निर्वाचन हुने कुरा पत्याउनै नसकिने बताए

आज पुर्बी नवलपरासीकाे देबचुलीमा जिल्ला स्तरीय प्रचण्ड–नेपाल पक्षद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै निवर्तमान कृषि तथा पशुपंंक्षी विकासमन्त्री समेत रहेका भुसालले भने, ‘निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरिएको होइन, वैशाखमा निर्वाचन हुन्छ भनेर कसैले पत्याउँछ र ?’ भुसालले वैशाखअघि नै प्रतिनिधिसभा पुर्नस्थापना हुनेसमेत दाबी गरे ।

भुसालले पूर्वराजा ज्ञानेन्द्रले विघटन गरेको संसदसमेत पुर्नस्थापित भएको स्मरण गर्दै अहिले पुर्नस्थापना नहुने प्रश्नै नआउने उल्लेख गरे । पार्टीका सबै कमिटी र संसदीय दलमा अल्पमतमा परेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आराेप लगाए ।

भुसाले प्रधानमन्त्री प्रति संकेत गर्दै जसले संसद बिघटन गर्याे उसैले निर्वाचन गर्छु भन्नू कुनै हालमा पत्याउनै नसकिने बताए उनले तत्काल संसद पुनःस्थापन नभए मुलुकमा अस्थिरता पैदा हुन सक्ने उनकाे भनाई थियाे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology