५० राउन्ड गोलि सहित त्रिभुवन विमानस्थलबाट आमा छोरा पक्राउ

NAWALPUR TIMES

५० राउन्ड गोलि सहित त्रिभुवन विमानस्थलबाट आमा छोरा पक्राउ
d 5

काठमाडौं, २० पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउन्ड  गोलीसहित आमा-छोरा पक्राउ परेका छन् । श्री एयरलान्सको उडानबाट झापा जान लागेका मुनादेवी राई उनका छोरा बद्रीहाङ राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

 

उडानपूर्व चेक जाँच गर्नेक्रमममा उनीहरुको झोलामा ५० राउन्ड गोली फेला परेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरूबाट बरामद भएकाे गाेली ९ एमएमको पेस्तोलमा लाग्ने गाेली भएकाे प्रहरीले जनाएकाे छ ।  घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

पक्राउ परेका  आमा-छोरा झापा मेचीनगर-२ का स्थायी बासिन्दा रहेकाे खुलेकाे छ । बद्रीहाङ राईका बुबा पूर्वप्रहरी रहेको खुलेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology