संविधान माथी कुनै किसिमको हस्तक्षेप भए पत्रकार महासंघले शसक्त प्रतिवाद गर्छ :महासचिव विष्ट

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १८ गते १९:२१
संविधान माथी कुनै किसिमको हस्तक्षेप भए पत्रकार महासंघले शसक्त प्रतिवाद गर्छ  :महासचिव विष्ट

सन्जय भट्टराई/कावासोती । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संविधान माथी कुनै किसिमको हस्तक्षेप भए पत्रकार महासंघले शसक्त प्रतिवाद गर्ने बताएका छ्न । नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाको प्रथम साधारणसभाको उदघाटन सत्रमा बोल्दै विष्टले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका विष्टले नेपालको प्रेस स्वतन्त्रता , अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतन्त्रको रक्षाको लागि पत्रकार महासंघको सबै शक्ति  प्रयोग हुने बताए । नेपालको राजनीति घटनाक्रमलाई पत्रकार महासंघले नजिक बाट नियालेको बताउदै महासचिव विष्टले पछाडि फर्किने कुराको पत्रकार महासंघ सधै विपक्षमा रहने बताए । महासचिव विष्टले देशको वर्तमान राजनीतिक घटना क्रमले पत्रकारहरु आफ्नो व्यवसायिक दक्षता र पेशागत क्षमता अभिवृद्धिको काम छोडेर प्राप्त राजनैतिक उपलब्धि जोगाउन तर्फ लाग्नु पर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छ्न ।संविधान माथी कुनै किसिमको हस्तक्षेप भए पत्रकार महासंघले शसक्त प्रतिवाद गर्छ :महासचिव विष्ट 5

यस्तै कार्यक्रम बोल्दै प्रेस युनियनका केन्द्रिय सभापति बद्री सिग्देलले  प्रधानमन्त्री केपि ओलिले निर्वाचन गराउन नचाहेको आरोप लगाए । प्रधानमन्त्री ओलिले वैशाख निर्वाचन घोषणा गरेर चुपचाप बसेको र उनिमा निरंकुश तरिकाले शासन चलाउने नियत देखिएको बताउदै सिग्देलले नेपालको प्रेस तोकिएकै समयमा निर्वाचन हुनु पर्ने र राजनैतिक दल जनताबाट ताजा जनादेश लिएर आउनु पर्ने पक्षमा रहेको बताए ।

नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा पत्रकार महासंघका महासचिव रमेश विष्ट, प्रेस युनियनका केन्द्रिय सभापति बद्री सिग्देल , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु, प्रदेश पदाधिकारी, विभिन्न पेशागत संगठनका प्रमुख एवम् प्रतिनिधि, जनप्रतिनिधिहरु सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

 

जिल्लाका ११ जना पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीको शनिबार सम्पन्न साधारणसभामा जिल्लाका ११ जना पत्रकार सम्मानित भएका छ्न । साधारणसभामा जिल्लामा रहेर २० बर्ष पत्रकारिता गरेका नारायण शर्मा , होमराज रानाभाट , लाल कुमार भट्टराई , होमनाथ जैसी , महासंघका संस्थापक अध्यक्ष भुपेन्द्र भट्टराई, संस्थापक सहसचिव बिष्णु पाण्डे , गोबिन्द बिनोदीलाई प्रमाणपत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको छ ।

यस्तै महासंघले जिल्लामा कृयाशिल पत्रकारीता गरेका पत्रकारहरु राम कुमार श्रेष्ठ , दयाराम आचर्य र धनु भुसाललाई सम्मान गरेको छ । कार्यक्रममा नेपाल प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीले आफना पिता स्व कृष्ण लाल पराजुलीको स्मृति स्थापना गरेका स्व.कृष्णप्रसाद पराजुली कृयाशिल पत्रकारिता पुरस्कार बाट नवीन पौडेललाई सम्मान गरिएको थियो ।संविधान माथी कुनै किसिमको हस्तक्षेप भए पत्रकार महासंघले शसक्त प्रतिवाद गर्छ :महासचिव विष्ट 6

साधारणसभाले सचिव प्रेम न्यौपानेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष ईश्वरीप्रसाद चापागाईंको आर्थिक प्रतिवेदन संशोधन सहित पास गरेको छ ।

 

 

प्रकाशित : २०७७ पुष १८ गते १९:२१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI