नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । संघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् ।
८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत सञ्जीव र उनका प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेले २६ प्रतिशत मत प्राप्त गरे । जिल्ला नगर, वस्तुगत गरी ४० भोट सञ्जीवले प्राप्त गरेका भने हरिओमले १३ भोट प्राप्त गरेका छन् ।
संघको जिल्ला नगरतर्फको उपाध्यक्षमा नवलपुरका ओमप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छ्न । यसै गरि वस्तुगत र एसोसिएट उपाध्यक्षमा मोतीप्रसाद पौडेल, कोषाध्यक्षमा श्रवणकुमार जोशी, जिल्ला नगर सदस्यमा नवलपुरकै धर्मराज बस्याल सहित उत्तमकुमार कर्माचार्य, मंगलप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, लिलाबहादुर अधिकारी र सदस्य एसोसिएट सूर्यबहादुर भुजेल निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित भएपछि अध्यक्ष कोइरालाले उद्योगी व्यवसायीको पक्षमा सधैं आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । गण्डकी प्रदेशभरिका सबै व्यवसायीको हकहित र प्रवद्र्धनका निम्ति संघले छाता संगठनको भूमिका निभाउने कोइरालाले बताए ।
प्रकाशित : २०७७ पुष ११ गते २२:५२
Facebook Comment